राजनीतिसमाचार

एमालेको झण्डा जलाउने रास्वपाका रहनेछन् भने कारबाही हुन्छ : रवि लामिछाने

Ad 1
Ad 2
Ad 3
Ad 4

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेकपा (एमाले) को झण्डा जलाउने रास्वपाका कार्यकर्ता भए कारबाही गर्ने बताएका छन् ।

 

दाङमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले राजनीतिक दलको झण्डालाई जलाउने रास्वपाको चरित्र नभएको बताउँदै कारबाही गर्ने स्पष्ट पारेका हुन् ।

 

उनले घुसपैठ गरेर रास्वपालाई दोष लगाउन खोजिएको हुन सक्ने आशंका पनि व्यक्त गरेका छन् ।

 

  • उनले भने, कसैले जलायो च्यातयो भन्ने कुरा आएको छ । त्यो रास्वपाको चरित्र होइन, रास्वपाको कसैले गरेको रहेछ भने कारवाही हुन्छ । तर आफैं घुसपैठ गरेर हामीलाई दोसाउन खोजेको, कागले खाएर पिना सुकाउने हो भने होसियार ! रास्वपाले गरेको रहेछ भने कारवाही हुन्छ । तर रास्वपाले गरेको होइन रहेछ, यसो बिथोल्न पाइने रहेछ भनेर आँखा चम्काएको हो भने चाहिँ नचम्काए हुन्छ ।’

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button