समाचार
दुर्घटनाग्रस्त स्कोरपिओबाट गाँजा बरामद, चालक फरार

काठमाडौं । विराटनगरमा दुर्घटनामा परेको एक स्कोरपिओ गाडीबाट ठूलो परिमाणमा गाँजा बरामद भएको छ।
महानगरपालिका–५ पुल्चोक क्षेत्र नजिक अनियन्त्रित भई सडक छेउमा खसेको गाडी जाँच गर्दा ४२० किलो गाँजा फेला परेको प्रहरीले जनाएको हो।
प्रहरीका अनुसार लागुऔषध प्लास्टिकमा प्याक गरेर सिटमुनि र डिक्कीमा लुकाएर राखिएको थियो। गाडी र बरामद गाँजा नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको छ भने चालक घटनास्थलबाट फरार रहेको बताइएको छ।
नम्बर प्लेटका आधारमा गाडी धनीको पहिचान गर्ने र घटनामा संलग्न व्यक्तिहरूको खोजी तीव्र बनाइएको प्रहरीले जनाएको छ।



