राजनीतिसमाचार

कर्णालीका पूर्वमुख्यमन्त्री शर्मालाई पार्टीबाट निकाल्दै नेकपा

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री राजकुमार शर्मालाई पार्टीबाट निकाल्ने तयारी गरेको छ ।

शर्मा जनार्दन शर्मा नेतृत्वको प्रगतिशील लोकतान्त्रिक पार्टीलाई सहयोग गरेको पाइएपछि शर्मालाई प्रदेशसभा सदस्यसहित पार्टीबाट नै हटाउने तयारी गरिएको हो ।

नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधव नेपालले शर्मालाई लिखित स्पष्टीकरण मागेका छन् ।

माघ २२ गते २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न पत्र पठाइएकोमा शर्माले अहिलेसम्म स्पष्टीकरण नपठाएको बताइएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button