समाचार

टीकापुर साहित्य महोत्सवको तेस्रो संस्करण चैत १३ देखि

काठमाडौं । टीकापुर साहित्य महोत्सव २०८२ चैत १३ गतेदेखि १५ गतेसम्म टीकापुरमा हुने भएको छ ।

पत्रकार सम्मेलन गर्दै टीकापुर साहित्य समाजले टीकापुर साहित्य महोत्सव २०८२ को तेस्रो संस्करण हुने जानकारी दिएको हो ।

आयोजकका अनुसार महोत्सवको पूर्वसन्ध्यामा विद्वत प्रवचन, विद्यालय तथा माध्यमिक विद्यालयहरुमा नाटककार अशेष मल्लद्वारा लिखित सन्देशमूलक सडक नाटक प्रदर्शन, विद्यालयहरुमा अध्ययनरत लेखनमा अभिरूचि भएका विद्यार्थीका लागि एकदिने लेखन कार्यशाला गोष्ठीको आयोजना गरिनेछ । महोत्सवमा बहसका साथै सुदूरपश्चिम प्रदेशका सर्जकहरूका लागि सुदूरपश्चिम कविता महोत्सव, दोस्रो दिन गजल श्रवण तथा विद्यार्थीको सांस्कृतिक कार्यक्रम र तेस्रो दिन थारू साहित्य तथा सांस्कृतिक उत्सव गरिनेछ ।

सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा हुन गइरहेको टीकापुर साहित्य महोत्सवको मुख्य प्रवर्धकका रुपमा सुदूरपश्चिम प्रदेश सरकार रहनेछ भने नेपाल पर्यटन बोर्ड महोत्सवको सहप्रवद्र्धक रहने जानकारी दिइएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button