राजनीति

लोसपाबाट निर्वाचित वडाध्यक्ष रौनियार एमाले प्रवेश, पर्सा क्षेत्र में १ लालकिल्ला बन्दै

वीरगन्ज,२४ माघ । वीरगञ्ज महानगरपालिका–२१ का निर्वाचित वडाध्यक्ष राधाकृष्ण रौनियारसहित विभिन्न राजनीतिक दलमा आबद्ध सयौँ नेता तथा कार्यकर्ताहरू नेकपा (एमाले)मा प्रवेश गरेका छन्। आज शनिबार वीरगञ्ज–२१ मा आयोजित कार्यक्रममा उनीहरू एमालेमा प्रवेश गरेका हुन्।

लोसपाबाट निर्वाचित वडाध्यक्ष रौनियारको नेतृत्वमा वडा सदस्यहरू, स्थानीय नेता तथा कार्यकर्ताहरू एमाले प्रवेश गरेपछि क्षेत्रीय राजनीतिक गतिविधि थप सक्रिय बनेको छ। नवप्रवेशीहरूलाई स्वागत गर्दै एमाले नेता प्रदीप यादवले देश विकास, सुशासन र समृद्ध नेपाल निर्माणका लागि प्रतिबद्ध नागरिकहरूको एमाले प्रवेशले पार्टीको अभियान अझ सशक्त भएको बताए।

यादवले भने, “वडाध्यक्षज्यूजस्ता जननिर्वाचित प्रतिनिधिहरूको एमाले परिवारमा आगमनले जनताको विश्वासलाई अझ मजबुत बनाएको छ। सामूहिक प्रयास, एकता र दृढ संकल्पका साथ हामी राष्ट्र निर्माणको यात्रामा अघि बढ्नेछौँ।” उनले वीरगञ्ज–२१ मा देखिएको यो एकताले स्थानीय विकास र जनआकांक्षा पूरा गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button