राजनीतिसमाचार

मधेसको आवाज प्रतिनिधि सभामा पुर्याउन सक्षम, विकास–प्रेमी र सही समयमा सही निर्णय गर्न सक्ने क्याप्टेन हुन प्रदिप यादव: योगेश भट्टराई

वीरगन्ज,२३ माघ । नेकपा एमालेका उप–महासचिव योगेश भट्टराईले बीरगंजमा शुक्रबार साझ पर्सा–१ को सम्पर्क कार्यालयको उद्घाटन गरेका छन्। कार्यालयको उद्घाटन प्रमुख अतिथि भट्टराईले रिबन काटेर विधिवत् रूपमा गरेका हुन.
कार्यक्रमलाई सम्बोधन गर्दै उप–महासचिव योगेश भट्टराईले पर्सा–१ का उम्मेदवार प्रदिप यादवलाई जिताउन सबै मतदातालाई आग्रह गरेका छन्। उनले यादव मधेसको आवाज प्रतिनिधि सभामा पुर्याउन सक्षम, विकास–प्रेमी र सही समयमा सही निर्णय गर्न सक्ने क्याप्टेन भएको उल्लेख गरेका छन्।यादव जस्ता विकास प्रेमी नेता काठमाडौँ लाई चाहिएको जिकिर गरे।साथै भट्टराईले यादवलाई मात्र मधेसमा होइन, पहाडमा पनि पानि पुर्याउन सक्षम नेता भएको बताए।
कार्यक्रममा प्रभु हजरा, प्रदिप यादव, केन्द्रीय सदस्य विजय सरावगी, पर्सा–२ का उम्मेदवार रिमा यादव, पर्सा अधयक्ष विशम्भर शर्मा, सचिव महेश दास लगायतको उपस्थिति रहेको थियो। कार्यक्रम मानदेव हजरा को अध्यक्षतामा सम्पन्न भएको थियो.। कार्यक्रम को सहजीकरण सुन्दर कुर्मीले गरेका थिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button