राजनीतिसमाचार

अवैध काम गरेर अमेरिकाबाट निकालिएका थापा बागलुङमा रास्वपाबाट उम्मेदवार

काठमाडौं । विगतमा अमेरिकामा बसोबास गरेका एक व्यक्ति अहिले नेपाल फर्किएर चुनावी प्रतिस्पर्धामा उत्रिएपछि उनको पृष्ठभूमि सामाजिक सञ्जाल र राजनीतिक वृत्तमा बहसको विषय बनेको छ।

बागलुङबाट राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का तर्फबाट उम्मेदवारी दिएका मोहनजंग थापाबारे विभिन्न दाबीहरू सार्वजनिक भएपछि चासो बढेको हो। उनी चुनावी अभियानमा सक्रिय रूपमा मतदातासँग भेटघाट गरिरहेका छन्।

अमेरिकामा कार्यरत पत्रकार प्रभात भट्टराईले सामाजिक सञ्जालमार्फत थापाको अघिल्लो बसाइबारे प्रश्न उठाएका छन्। भट्टराईका अनुसार थापा अमेरिका बस्दा नक्कली कागजात सम्बन्धी गतिविधिमा संलग्न भएको आरोपपछि त्यहाँको बसाइ स्थिति गुमाएर नेपाल फर्किनुपरेको थियो भन्ने दाबी गरिएको छ। यद्यपि, यी दाबीहरूबारे सम्बन्धित निकाय वा स्वयं थापाको औपचारिक धारणा सार्वजनिक भएको छैन।

यस विषयले अहिले ‘सुशासन’ र नैतिक राजनीतिक नेतृत्वको बहसलाई पनि जोड दिएको छ। सामाजिक सञ्जालमा कतिपयले उम्मेदवारको विगतबारे स्पष्टता हुनुपर्ने बताएका छन् भने केहीले कानुनी रूपमा अयोग्य ठहर नभएसम्म चुनाव लड्न पाउने अधिकार सबैलाई हुने तर्क राखेका छन्।

चुनावी मैदानमा उत्रिएका उम्मेदवारहरूको पृष्ठभूमि र विश्वसनीयता मतदाताका लागि महत्वपूर्ण आधार बन्ने भएकाले यस विषयले थप बहस निम्त्याउने देखिन्छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button