समाचार

रसुवामा निर्वाचनसम्बन्धी सर्वदलीय बैठक सम्पन्न

रसुवा । प्रतिनिधिसभा सदस्य निर्वाचनलाई भयरहित, निष्पक्ष र शान्तिपूर्ण ढङ्गले सम्पन्न गर्ने सन्दर्भमा यहाँ सर्वदलीय बैठक भएको छ ।

मुख्य निर्वाचन अधिकृत ध्रुवकुमार उप्रेतीको अध्यक्षतामा बुधबार सम्पन्न बैठकमा विभिन्न राजनीतिक दलका प्रतिनिधि, उम्मेदवार, सञ्चारकर्मी, स्थानीय प्रशासक, सुरक्षा निकायका प्रमुखलगायत उपस्थित थिए ।

बैठकमा निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता २०८२ पूर्ण रूपमा पालना गर्ने, निर्वाचनसम्बन्धी भेला तथा कार्यक्रम गर्दा मुख्य निर्वाचन अधिकृतको कार्यालय, जिल्ला प्रशासन कार्यालय तथा सुरक्षा निकायलाई जानकारी गराउनका साथै सहभागी सबैले आ–आफ्नो क्षेत्रबाट निर्वाचन सफल बनाउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

रसुवामा नौ वटा राजनीतिक दल तथा तीन जना स्वतन्त्र उम्मेदवार चुनावमा होमिएका छन् । नेपाली कांग्रेसबाट मोहन आचार्य, नेकपाबाट माधवप्रसाद लामिछाने, नेकपा एमालेका प्रेम तामाङ, रास्वपाबाट वसन्त भट्ट, उज्यालो नेपालबाट मानबहादुर तामाङ, मङ्गोल नेशनल अर्गनाइजेशनका विनोद थिङ, राप्रपाका हरिप्रसाद घिमिरे, नेकपा माओवादीका होमप्रसाद आचार्य, प्रगतिशील लोकतान्त्रिक दलका तर्फबाट दावा तमाङ उम्मेदवार रहेका छन् ।

त्यसैगरी, स्वतन्त्रतर्फ चित्रकुमारी देवकोटा, दावा तामाङ र सागर लामा प्रत्याशी रहेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button