राजनीतिसमाचार

दाङ–२ बाट एमाले महासचिव शंकर पोखरेलको उम्मेदवारी दर्ता

Ad 1
Ad 2
Ad 3
Ad 4

दाङ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराएका छन् । दाङ क्षेत्र नम्बर २ बाट उमेदवार बनेका महासचिव पोखरेलले झाँकी जुलुस र बाजागाजासहित घोराहीस्थित निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गराएका हुन् । उनको प्रस्तावकमा केन्द्रीय सल्लाहकार परिषद् सदस्य शम्भु गौतम र समर्थकमा लुम्बिनी प्रदेश कमिटी सचिव लक्ष्मण आचार्य छन् ।

मनोनयन दर्ता पश्चात् सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै पोखरेलले देश र जनताकालागि आफ्नो उमेदवारी भएको बताए । दाङसँगै समग्र मुलुकको सम्वृद्विमा सधैं प्रतिबद्व रहने उनको भनाई छ ।

कांग्रेसको जगजगीबीच २०५१ सालमा दाङ क्षेत्र नम्बर ३ बाट कांग्रेसका स्थापित नेता दीपक गिरीलाई पराजित गरेर पोखरेल संसद प्रवेश गरेका थिए । २०५६ सालको चुनावमा कांग्रेस नेता कृष्णकिशोर घिमिरेसँग पराजित पोखरेल २०६४ को संविधान सभा चुनावमा समानुपातिक सांसद बने । २०७० मा भएको दोस्रो संविधान सभा चुनाव भने उनी कांग्रेस नेता बुद्विराम भण्डारीसँग पराजित बने । २०७४ सालमा प्रदेश सांसदमा निर्वाचित भएका उनी लुम्बिनी प्रदेशको मुख्यमन्त्री समेत बनेका थिए ।

२०७९ सालमा कांग्रेस–माओवादी गठबन्धनसँग पराजित महासचिव पोखरेल यसपटक जसरी पनि जित निकाल्नुपर्ने दबाबमा छन् । उनीसँग दाङ–२ मा कांग्रेसका किरणकिशोर घिमिरे, नेकपाका निर्मल आचार्य र रास्वपाका विपिन आचार्य प्रतिस्पर्धामा छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button