राजनीति

पर्सा क्षेत्र नं. ३ मा प्रमोद जयसवाल र ४ मा जालिम मियाँलाई टिकट दिने एमालेको निर्णय

Ad 1
Ad 2
Ad 3
Ad 4

वीरगन्ज । अगामी फागुन २१ काे निर्वाचनका लागि नेकपा एमालेले पर्सा क्षेत्र नम्बर ३ र ४ काे उम्मेदवार टुंगाे लगाएकाे छ।

 

शनिबार बेलुकी बसेकाे एमाले सचिवालय बैठकले पर्सा क्षेत्र नम्बर ३ बाट प्रमाेद जयसवाल र क्षेत्र नम्बर ४ बाट जालिम मियाँलाई उम्मेदवार बनाउने निर्णय गरेकाे हाे।

 

शनिबार मात्रै पर्सा-३ बाट उम्मेदवार बन्ने चर्चामा रहेका रुपेश पाण्डेले एमाले अध्यक्ष केपी शर्मा ओलीकाे हातबाट टीका लगाएर एमालेमा प्रवेश गरेका थिए।तर सचिवालय बैठकले पर्सा-३ बाट जयसवाललाई उम्मेदवार बनाउने निर्णय गरेकाे हाे।

 

पर्सा क्षेत्र नम्बर १ र २ मा भने उम्मेदवारका बारेमा छलफल भइरहेका कारण ती दुवै क्षेत्रमा अहिलेसम्म उम्मेदवारकाे टुंगाे नलागेकाे एमाले नेता लेखराज भट्टले जानकारी दिए।ती दुवै क्षेत्रमा उम्मेदवारकाे टुङ्गाे पार्टी अध्यक्ष केपी शर्मा ओलीले लगाउने उनले बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button