राष्ट्रिय

८ उपसचिवको सरूवा, केही जिल्लाका सीडीओ पनि फेरिए

Ad 1
Ad 2
Ad 3
Ad 4

काठमाण्डौं । गृह मन्त्रालयले केही जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ) सहित ८ जना उपसचिवको सरुवा गरेको छ।

मन्त्रालयले जारी गरेको सूचनाअनुसार उपसचिव जुनु हमाल ढकाललाई जिल्ला प्रशासन कार्यालय डोल्पामा पदस्थापना गरिएको छ।

त्यसैगरी नवराज बराललाई बाग्लुङ, भविश्वर घिमिरेलाई कपिलवस्तु र कृष्णप्रसाद गैह्रेललाई धनुषा जिल्ला प्रशासन कार्यालयमा पदस्थापना गरिएको छ ।

यसैगरी जनकराज पन्तलाई गृहमन्त्रालय वा मातहतका निकायमा सरुवा गरिएको मन्त्रालयले जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button