खेलकुद

एक दशकको पर्खाइ टुट्यो” पिप्राढी इलेभेनले फुलवरिया पाल स्टेडियममा जित्यो ऐतिहासिक ट्रफी

Ad 1
Ad 2
Ad 3
Ad 4

बारा । देवताल गाउँपालिका वडा नं १ स्थित फुलवरिया पाल स्टेडियममा भव्य रूपमा आयोजना गरिएको क्रिकेट टुर्नामेन्टको फाइनल खेल आज सम्पन्न भएको छ। फाइनल मुकाबलामा बादल इलेभेन दक्षिण झिटकैया र पिप्राढी इलेभेन क्रिकेट क्लब आमनेसामने भएका थिए।

टस जितेर बादल इलेभेनले फिल्डिङ गर्ने निर्णय गरेपछि पिप्राढी इलेभेनले ब्याटिङ गर्दै निर्धारित ओभरमा १३७ रनको चुनौतीपूर्ण स्कोर खडा गर्‍यो। लक्ष्य पछ्याएको बादल इलेभेन भने ९३ रनमै अलआउट हुँदै पारी समाप्त गर्न बाध्य भयो। यससँगै पिप्राढी इलेभेन क्रिकेट क्लबले फाइनल जित्दै उपाधि हात पार्‍यो।

लामो समयदेखि क्रिकेटमा सक्रिय रहँदै आए पनि एक दशकसम्म ट्रफी जित्न असफल हुँदै आएको पिप्राढी इलेभेनका लागि यो जित ऐतिहासिक बन्यो। अतिश कुमार यादवको कप्तानीमा टोलीले एक दशकको प्रतीक्षा तोड्दै अन्ततः उपाधि जित्न सफल भयो।

फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गर्दै अतुल सिंह ‘म्यान अफ द म्याच’ घोषित भए भने, सम्पूर्ण प्रतियोगिताभर निरन्तर उत्कृष्ट खेल प्रदर्शन गरेका अनुभवी खेलाडी सन्दीप मिश्राले ‘म्यान अफ द सिरिज’ को ट्रफी हात पारे।

खेलको अम्पायरिङ शिक्षक तथा अनुभवी खेलाडी सुधीर सिंह र अभिषेक सिंहले गरेका थिए।

ट्रफी वितरण समारोहमा देवताल गाउँपालिका वडा नं १ का वडा अध्यक्ष अरुण सिंह, वडा नं ४ का वडा अध्यक्ष ललन यादव, युवा नेता कौशल किशोर सिंह, नवलकिशोर यादव, साथै बुद्धिजीवी, समाजसेवी, सञ्चारकर्मी, सुरक्षाकर्मी र हजारौँ खेलप्रेमीको उल्लेखनीय उपस्थिति रहेको थियो।

यो ऐतिहासिक जितसँगै पिप्राढी इलेभेन क्रिकेट क्लबले स्थानीय क्रिकेट इतिहासमा नयाँ अध्याय थपेको खेल प्रेमीले  बताएका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button