राजनीति

जेन–जी आन्दोलन प्रकरण , तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग जाँचबुझ आयोगले लियो बयान

Ad 1
Ad 2
Ad 3
Ad 4

काठमाण्डौ । भदौ २३ र २४ गते ‘जेन–जी आन्दोलन’ को क्रममा भएका हिंसा र विध्वंशका घटनाबारे छानबिन गरिरहेको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीबाट बयान संकलन गरेको छ।

पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित आयोगले पूर्व प्रधानमन्त्री ओलीसँग लिखित बयान लिएको हो।

आयोगको टोली आइतबार भक्तपुरको गुण्डूस्थित ओली निवासमा पुगेर सात दिनभित्र बयान दिनुपर्ने व्यहोराको पत्र बुझाएको थियो।

तर आयोगका प्रश्नहरूको जवाफ दिन ओलीले समय नलिई करिब ६० प्रश्न समेटिएको लिखित बयान सोही स्थानमै तयार गरी टोलीलाई बुझाएका हुन्।

ओलीको सचिवालय स्रोतका अनुसार आयोगको टोलीसँगै उनले आफ्नो ‘लिखित धारणा’ पेश गरेका थिए। जाँचबुझ आयोगका सदस्य तथा पूर्वडीआईजी विज्ञानराज शर्माले आइतबार गुण्डूमा पत्र बुझाइएको पुष्टि गरेका छन्।

आयोगले उक्त घटनासँग सम्बन्धित अधिकांश व्यक्तिहरूसँग बयान संकलन गरिसकेको जनाएको छ। तत्कालीन गृहमन्त्री रमेश लेखकलाई आयोगको कार्यालयमै बोलाएर बयान लिइएको भए पनि ओलीले सिंहदरबारस्थित कार्यालयमा उपस्थित भएर बयान दिन असहमति जनाएपछि निवासमै पुगेर प्रक्रिया अघि बढाइएको हो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button