खेलकुदमधेस प्रदेशसमाचारस्थानीय

पर्सागढी मेयर कप : सिद्धनाथ बाबा वरियरलाई ४५ रनले पराजित गर्दै रोयल चायलेनजर्ष बागेश्वरी फाइनलमा प्रवेश

पर्सा । रामनिवास कुमार पटेल । पर्सागढी नगरपालिका वडा नम्बर ६, टोल तित्रौना स्थित झुलुङ्गे पुल नजिकको खेल मैदानमा पर्सागढी लायन्स क्लबद्वारा आयोजित दोस्रो पर्सागढी मेयर कप ०८२/०८३ क्रिकेट प्रिमियर लिग अन्तर्गत दोस्रो सेमीफाइनल खेल सम्पन्न भएको छ। दोस्रो सेमीफाइनल खेलमा रोयल चायलेनजर्ष बागेश्वरीले सिद्धनाथ बाबा वरियरलाई ४५ रनले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ।
IMG 20251229 165408 Scaled
टस जितेर फिल्डिङ रोजेको सिद्धनाथ बाबा वरियर विरुद्ध रोयल चायलेनजर्ष बागेश्वरीले पहिले ब्याटिङ गर्दै २० ओभरमा ७ बिकेट गुमाउदै १६८ रनको लक्ष्य दिएको थियो । रोयल चायलेनजर्ष बागेश्वरीका लागि मनु पासवानले २० बलमा सर्वाधिक ४१ रनको उत्कृष्ट योगदान दिए।
IMG 20251229 165155
१६८ रनको लक्ष्य पछ्याएको सिद्धनाथ बाबा वरियरले दोस्रो इनिङमा २० ओभरमा १२३ रनमा ९ बिकेट गुमाई दोस्रो सेमीफाइनल खेलमा ४५ रनले पराजित गर्दै रोयल चायलेनजर्ष बागेश्वरी फाइनलमा प्रवेश गरेको छ । खेलमा उत्कृष्ट प्रदर्शन गरेका रोयल चायलेनजर्ष बागेश्वरी का खेलाडी मनु पासवानले ४ ओभरमा ३ बिकेट लिई र २० बलमा ४१ रन बनाई म्यान अफ द म्याच घोषित भए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button