राजनीति

कांग्रेसको कारबाही फुकुवा निर्णयपछि वीरगन्जमा खुशियाली

Ad 1
Ad 2
Ad 3
Ad 4

वीरगन्ज। नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले कारबाही फुकुवा गर्ने निर्णय गरेसँगै पार्टीभित्र एक खेमामा खुशियाली छाएको छ।

नेपाली कांग्रेस पर्साका पूर्व सभापति अजय द्विवेदी तथा पर्सा क्षेत्र नं. १ का सभापति अरबिन्द कुमार गुप्तामाथि लगाइएको कारबाही फिर्ता भएको खबर सार्वजनिक भएपछि उनीहरू पक्षधर नेता–कार्यकर्ताहरू उत्साहित भएका छन्। कारबाही फुकुवाको समाचार फैलिएलगत्तै वीरगन्जको मुर्लीचोक क्षेत्रमा भेला भएका कार्यकर्ताहरूले एक–आपसमा शुभकामना साटासाट गर्दै खुशी व्यक्त गरेका थिए।
कार्यकर्ताहरूले केन्द्रीय नेतृत्वको निर्णयलाई

सकारात्मक र समयसापेक्ष भन्दै पार्टी एकता सुदृढ हुने विश्वास व्यक्त गरेका छन्। उनीहरूको भनाइमा कारबाही फुकुवाले संगठनलाई थप मजबुत बनाउने र आगामी राजनीतिक गतिविधिमा पार्टीलाई एकताबद्ध रूपमा अघि बढ्न मद्दत पुग्नेछ।

यस निर्णयपछि पर्सा जिल्लामा नेपाली कांग्रेसभित्र लामो समयदेखि देखिएको असन्तुष्टि कम हुने तथा संगठनात्मक गतिविधि थप सक्रिय हुने अपेक्षा गरिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button