खेलकुदमधेस प्रदेशसमाचारसमाजस्थानीय

दोस्रो पर्सागढी मेयर कप क्रीकेट प्रिमियर लिग आजदेखि शुरू,पहिलो खेलमा उत्रांश बोल्ट्सलाई हराउदै अपन तित्रौना बोल्ट्स विजयी

Ad 1
Ad 2
Ad 3
Ad 4

पर्सा । रामनिवास कुमार पटेल । पर्साको पर्सागढी नगरपालिका वडा नम्बर ६ टोल तित्रौनाका पर्सागढी ल्यान्स कलबद्वारा आयोजित दोस्रो पर्सागढी मेयर कप ०८२/०८३ क्रीकेट प्रिमियर लिग प्रातियोगिता आज देखि शुरु भएको छ । पर्सागढी मेयर कप ०८२/०८३ क्रीकेट प्रिमियर लिगका विजेतालाई नगद रु ७० हजार र उपविजेता टोलीलाई नगद रु ४० हजार र कप प्रदान गरिने छ, साथै सेमी फाइनल खेलने टीमलाई पनि रु २० २० हजार नगद दिने प्रतियोगिताका आयोजक पर्सागढी ल्यान्स कलबका अध्यक्ष देबेन्द्र यादव तथा पर्सागढी नगरपालिका–६ का वडा सदस्य जितेन्द्र यादवले जानकारी दिएका छन ।


प्रतियोगितामा नगरका छौं टोलीबीच प्रतिष्पर्धा हुने जनाइएको छ । युवालाई कुलतबाट बचाउन तथा शारीरिक सुगठनका लागि सचेत बनाउने उद्देश्यका साथ दोस्रो पर्सागढी मेयर कप ०८२/०८३ क्रीकेट प्रिमियर लिगको आयोजना गरिएको प्रतियोगिताका सहयोगी पर्सागढी नगरपालिका नगर प्रमुख गोकर्ण पाठकले जानकारी दिए, नगर प्रमुख पाठकले पर्सागढी मेयर कपलाई निरन्तरता दिइने प्रतिबद्धतापनि व्यक्त गर्नु भएका छन । यस कार्यक्रमका बीच शनिबारको दिन तित्रौनाको झुलाङ्गा पुल नजिक खेल मैदानमा नगरपालिकाका प्रमुख गोकर्ण पाठक, समाजसेवी बिनोद यादव, कार्यक्रमका सभापति तथा पर्सागढी नगरपालिका–६ का वडा सदस्य जितेन्द्र यादवले रिविन कातेर र क्रिकेट खेलेर प्रतियोगिताको उद्घाटन गर्नुभएको हो ।

यस कार्यक्रममा प्रमुख अतिथि पर्सागढी नगरपालिकाका नगर प्रमुख गोकर्ण पाठक , वरिष्ठ अतिथि समाजसेवी बिनोद यादव, पर्सागढी नगरपालिकाका वडा नम्बर ७ का वडा अध्यक्ष शंकर राय भर , ७ का नेकपा एमालेका वडा सभापति नन्दु पटेल , समाजसेवी करिमन यादव, नितेश (शर्मा) पटेल, सिकेन्द्र पटेल,मिलन यादव नगर प्रमुखका स्वकृय सचिव संजय पञ्जियार लगाएतको उपस्थिति रहेको थियो ।

दोस्रो पर्सागढी मेयर कप ०८२/०८३ क्रीकेट प्रिमियर लिगको पहिलो खेलमा उत्रांश बोल्ट्सलाई ५ विकेटले हराउदै अपन तित्रौना बोल्ट्स विजयी

पर्सागढी नगरपालिका वडा नम्बर ६ टोल तित्रौनाको झुलङ्गे पुल नजिक खेल मैदानमा आयोजित दोस्रो पर्सागढी मेयर कप ०८२/०८३ क्रीकेट प्रिमियर लिगको पहिलो खेल अपन तित्रौना बोल्ट्सले जितेको छ ।

दोस्रो पर्सागढी मेयर कप ०८२/०८३ क्रीकेट प्रिमियर लिग प्रतियोगिताको पहिलो खेलको पहिलो इनिङमा उत्रांश बोल्ट्सले १५ ओभर २ बलमा अल आउट हुँदै ११२ रन जोडेको थियो । उत्रांश बोल्ट्सका खेलाडी पपु यादवले १२ बलमा सर्वाधिक २२ रन जोडेका थिए भने महमद सादरले १२ बलमा २४ रन जोडेका थिए ।

खेलको दोस्रो इनिङमा अपन तित्रौना बोल्ट्सले ११३ रनको लक्ष्यलाई पछत्याउँदैं १४ ओभरमा ४ विकेट गुमाउँदै प्रतियोगिताको पहिलो खेल अपन तित्रौना बोल्ट्सले जितेको थियो भने म्यान अफ द म्याचको पुरस्कार २३ बलमा ५८ रन बनाई अपन तित्रौना बोल्ट्सका खेलाडी निपु पटेलले पाएका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button