मधेस प्रदेशराजनीतिसमाचार

मधेशमा सरकार निर्माणकालागि प्रदेश प्रमुख सुरेन्द्र लाभद्वारा औपचारिक आव्हान

Ad 1
Ad 2
Ad 3
Ad 4

जनकपुर ।  प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले संविधानको धारा १६८(२) बमोजिम नयाँ सरकार गठनका लागि औपचारिक आह्वान गरेका छन्।

सरकार गठनका लागि प्रदेश प्रमुखले शुक्रबार साँझ ५ बजेसम्म सम्बन्धित दल वा सांसदहरूको दाबी पेश गर्न समयसीमा तोक्दै प्रक्रिया अघि बढाएका हुन्।

यसअघि विश्वासको मत नपाउने निश्चित भएपछि मुख्यमन्त्री सरोजकुमार यादवले रोष्टममै उभिएर राजीनामा दिएका थिए।

प्रदेश प्रमुख कर्णले उनको राजीनामा स्वीकृत गर्दै मौजुदा मन्त्रिपरिषद्लाई कार्यवाहक सरकारका रूपमा प्रदेश प्रशासन चलाइरहन निर्देशन दिएका छन्।

नयाँ सरकार गठनका लागि आह्वान जारी भएपछि मधेस प्रदेशमा दलगत कसरत तीव्र बनेको छ। सत्ता समीकरण कसरी बन्दै जान्छ भन्ने विषयमा प्रदेशको राजनीति अब महत्वपूर्ण मोडमा प्रवेश गरेको देखिन्छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button