मधेस प्रदेशराष्ट्रियसमाचार

मुख्यमन्त्री यादवको राजीनामा प्रदेश प्रमुख सुरेन्द्र लाभद्वारा स्वीकृत

Ad 1
Ad 2
Ad 3
Ad 4

जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रस्तुत गरेको राजीनामा प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले स्वीकृत गरेका छन्।

प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव शत्रुघ्न यादवका अनुसार, सर्वोच्च अदालतको परमादेशअनुसार विश्वासको मत लिन बोलाइएको आजको प्रदेशसभा बैठकमा बहुमत नपाउने स्थिति बनेपछि मुख्यमन्त्री यादवले पदबाट राजीनामा दिएका थिए।

प्रदेश प्रमुख कर्णले संविधानको धारा १६९(३) बमोजिम अर्को व्यवस्था नभएसम्मका लागि मौजुदा मन्त्रिपरिषद्लाई कार्यवाहक रूपमा निरन्तरता दिने व्यवस्था गरेका छन्।

अब संविधानको धारा १६८(२) अनुसार नयाँ सरकार गठनका लागि प्रक्रिया अघि बढाइने प्रदेश प्रमुख कार्यालयले जनाएको छ।

यससँगै मधेस प्रदेशमा राजनीतिक नेतृत्व परिवर्तनको नयाँ चरण सुरू भएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button