
बीरगञ्ज,२८ कार्तिक ।
पर्सा जिल्ला प्रहरी कार्यालयको सूचना संकलन तथा विशेष शाखाले वीरगञ्ज महानगरपालिका–८, प्रभु अस्पताल अगाडिको सडक क्षेत्रमा सक्रिय रही विभिन्न अनलाइन माध्यमबाट सर्वसाधारणलाई ठगी गर्दै आएका तीन जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार, पक्राउ परेकाहरूले Money Mole Account खोल्न लगाउने, Phishing, OTP Fraud, Job Scam तथा Fake Online Business Scam गरी मानिसलाई आकर्षित गर्ने र आर्थिक रूपमा ठगी गर्ने कार्य लामो समयदेखि सञ्चालन गर्दै आएका थिए। उनीहरूले विभिन्न बैंकका Digital Wallet तथा ATM Card संकलन गरी तिनै मार्फत १० करोड रुपैयाँ भन्दा बढीको अवैध कारोबार गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ साथै ४३ एटीएम कार्ड पनि बरामद गरिएको छ।
उजुरीका आधारमा जिल्ला अदालतबाट अनुमति लिएर प्रहरीले निगरानी तथा सम्पूर्ण गतिविधि ट्र्याक गर्दै छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेहरूमा – वीरगञ्ज महानगरपालिका–२९, मुसैलिका कृष्ण प्रसाद साह, १४ वर्षीय एक युवक र बाराको विश्रामपुर गाउँपालिका वडा नं १ बस्ने राहुल मण्डल रहेका छन ।
पक्राउ परेकाहरूलाई थप अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको प्रवक्ता प्रहरी नायब उपरीक्षक हरीबहादुर बस्नेतले जानकारी दिनुभयो।




Thanks for sharing. I read many of your blog posts, cool, your blog is very good.
Your point of view caught my eye and was very interesting. Thanks. I have a question for you.