राष्ट्रिय

रास्वपमा रिफर्मेसनको एजेण्डा अधुरो, नेतृत्व परिवर्तनको माग तीव्र

Ad 1
Ad 2
Ad 3
Ad 4

काठमाडौँ । पार्टीभित्र रिफर्मेसन (संगठनात्मक सुधार) को एजेण्डा उठिरहेका बेला त्यसैका लागि तोकिएको विस्तारित बैठकअघि नै सचिवालय विस्तार गरिएको आरोप उठेको छ।

दुई हप्ताभित्र बस्ने भनिएको विस्तारित बैठकको तयारी भइरहेकै बेला नेतृत्वले आकस्मिक रूपमा सचिवालय विस्तार गरेपछि डा. तोसिमा कार्कीले असन्तुष्टी जाहेर गरेकी छिन । उनले यसलाई रिफर्मेसनको भावनाविपरीत कदम भनेका छन्।

कार्कीले आफूहरुले खोजेको रिफर्मेसन सचिवालय विस्तार होइन, कार्यकारी नेतृत्व परिवर्तन र संगठन पुनर्गठन भएको बताइन ।

कार्की सहित असन्तुष्ट पक्षले पार्टीलाई थप लोकतान्त्रिक बनाउन र कार्यशैली सुधार गर्न जोड दिएका छन्। उनीहरूको भनाइमा पार्टीका गतिविधिहरूमा तल्लो तहसम्म अपनत्व र सहभागिता सुनिश्चित हुनुपर्नेछ।

उनीहरूले विस्तारित बैठकमा देशभरका प्रतिनिधिहरूको बृहत सहभागिता र मतदानको अधिकार सुनिश्चित गर्न माग गरेका छन्।

यदि निर्णय गर्ने अधिकार नै नदिइने हो भने देशभरका कार्यकर्तालाई चितवन बोलाएर समय, पैसा र श्रम खर्च गर्नुको अर्थ नभएको उनले बताइन।

पार्टी स्रोतका अनुसार विस्तारित बैठकमा संगठनात्मक सुधार, महाधिवेशनको मिति र आगामी रणनीतिक दिशाबारे छलफल हुने तय छ।

तर बैठकअघि नै सचिवालय विस्तार गरेर केन्द्रीय नेतृत्वले पूर्वनिर्धारित निर्णय प्रभावित गर्न खोजेको आरोपले पार्टीभित्र नयाँ तरंग ल्याएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button