मधेस प्रदेश

जनमतका वरिष्ठ उपाध्यक्ष अब्दुल खानसहित ६ नेताहरुले दिए सामूहिक राजीनामा

Ad 1
Ad 2
Ad 3
Ad 4

जनकपुर । जनमतका वरिष्ठ उपाध्यक्ष अब्दुल खानसहित ६ जना केन्द्रीय नेताले सामूहिक राजीनामा दिएका छन् ।

राजीनामा दिने नेताहरुमा वरिष्ठ उपाध्यक्ष अब्दुल खानबाहेक केन्द्रीय प्रवक्ता डा. शरद सिंह यादव, जनमत युवा संघका केन्द्रीय संयोजक संजय कुमार यादव, जनमत स्वास्थ्यकर्मी संघका केन्द्रीय संयोजक सि.के. सिंह, सुदूरपश्चिम प्रदेशका वरिष्ठ इन्चार्ज राजाराम चौधरी, राष्ट्रिय परिषद सदस्य तथा केन्द्रीय सदस्य विक्रम वहादुर बम रहेका छन् ।

पार्टी अध्यक्षलाई सम्बोधन गरी पेस गरिएको राजीनामा पत्रमा वर्तमान विषम परिस्थिति र जनभावनालाई अवहेलना गर्दै अध्यक्षले आत्मआलोचना नगरेको र उल्टै जेनेरेसन–जेड (जेनजी) पुस्ताले बगाएको रगतको अपमान गर्ने गरी अहंकारी शैलीमा धारणा राखेको आरोप लगाइएको छ ।

उनीहरुले बुधबार २४ घण्टे अल्टिमेटमसहित जनमत अध्यक्ष डा.सिके राउत र संगठन विभाग प्रमुख राउतका दाई जयकान्त राउतको राजिनामा माग गरेका थिए । आज उनीहरूले आफै राजिनामा दिएका हुन् ।

नेताहरुले जनभावना विपरीतको नेतृत्वमा रहन नसक्ने उल्लेख गर्दै आजैको मितिदेखि साधारण सदस्य समेत नरहने गरी पार्टी त्यागेको घोषणा गरेका छन् । उनीहरुले कुनै पद वा स्वार्थप्रेरित राजनीतिमा संलग्न नहुने स्पष्ट पार्दै, नयाँ पुस्ताको चाहना अनुसारको नेतृत्वमा सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन् ।

उनीहरुले लामो समयदेखि साथ र सहयोग गर्ने पार्टीका शीर्ष नेतृत्व तथा विभिन्न तह–तप्काका नेता, कार्यकर्ताहरुप्रति आभार व्यक्त गर्दै पार्टीबाट अलग भएको जनाएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button