प्रदेशराष्ट्रियसमाचार

मध्य तराईका सुरक्षा निकायलाई अपराध नियन्त्रणमा शून्य सहनशिलता अपनाउन गृहमन्त्री लेखकको निर्देशन

Ad 1
Ad 2
Ad 3
Ad 4

वीरगन्ज । तीन दिनको बिशेष भ्रमणमा वीरगंज आइपुगेका नेपाल सरकार गृहमन्त्री रमेश लेखकले बारा र पर्साको शान्ति–सुरक्षा, सीमावर्ती क्षेत्रमा हुने अपराध नियन्त्रण र धार्मिक सहिष्णुताको संवेदनशील विषयमा सुरक्षा निकायलाई ठोस निर्देशन दिएका छन्।

वीरगन्जमा आज आयोजित कार्यक्रममा उनले दुवै जिल्लाका सुरक्षा प्रमुखहरूसँग प्रत्यक्ष ब्रिफिङ लिँदै भारतीय नम्बर प्लेटका सवारीसाधनलाई अनावश्यक दुःख नदिन पनि स्पष्ट सन्देश दिएका छन्।

पर्सा जिल्ला प्रशासनमा बसेको बैठकमा गृहमन्त्री लेखकले लागूऔषध कारोबार, राजस्व चुहावट, सीमा अपराधजस्ता विषयमा शून्य सहनशीलता अपनाउन निर्देशन दिए। साथै, मधेश क्षेत्रमा धार्मिक सद्भाव बिग्रन नदिन सबै निकायलाई गम्भीर भएर लाग्न उनले आह्वान गरे।

हालै फैलिएको हैजा (कोलेरा) नियन्त्रणमा पनि सुरक्षा समिति जिम्मेवार भएर सक्रिय हुनुपर्नेमा उनले जोड दिए।यो भ्रमणमा गृहमन्त्रीसँगै कानुनमन्त्री अजयकुमार चौरसिया, खानेपानी मन्त्री प्रदीप यादव, नेपाल प्रहरी, सशस्त्र प्रहरी, भन्सार र राजस्व विभागका प्रमुखहरू समेत सहभागी थिए। गृहमन्त्री लेखक सोमबारसम्म वीरगन्जमा रहनेछन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button