वीरगन्जको मानव सेवा आश्रममा सहयोग गर्ने पर्साका सशस्त्र प्रहरी एसपी भट्टको प्रतिबद्धता

वीरगन्ज,२० साउन ।
पर्सामा हालै सरुवा भइ आएका सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टर पर्साका प्रहरी उपरीक्षक (एसपी) पुरन चन्द भट्टले वीरगन्जस्थित मानव सेवा आश्रमको मंगलबार अवलोकन गरेका छन् ।
अवलोकनसंगै उनले आश्रममा रहेका लक्ष्मीनारायणहरुको बिहानको भोजन सेवामा पनि सहभागिता जनाए । वीरगन्जको ड्राइपोर्टस्थित सशस्त्र प्रहरी बोर्डर आउट पोष्टका सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्र राज खड्कासंगै मानव सेवा आश्रममा पुगेका सशस्त्र प्रहरी उपरीक्षक भट्टले त्यहाँ आश्रित रहेका बृद्धबृद्धाहरुसंग कुराकानीपनि गरेका थिए ।
त्यसक्रममा उनले सशस्त्र प्रहरीको सामाजिक उत्तरदायित्व अन्तर्गत आगामी दिनमा व्यक्तिगत तथा संस्थागत रुपमा सहयोग गर्ने प्रतिबद्धता पनि जनाए । त्यसअवसरमा मानवसेवा आश्रम वीरगन्ज संस्थापक सदस्य देवेश गुप्ता, ओम कुमार झा, संयोजक मुना मगर पुलामी, प्रदुमन सर्राफ, पवन कलवार, आयुष गिरी लगायतकाकोपनि उपस्थिति रहेको थियो।




Can you be more specific about the content of your article? After reading it, I still have some doubts. Hope you can help me. https://www.binance.info/pt-BR/register?ref=GJY4VW8W