मधेस प्रदेशसमाचारसमाज

पर्सा प्रहरीले ८ किलो गाँजासहित युवकलाई पक्राउ

Ad 1
Ad 2
Ad 3
Ad 4

वीरगंज १७ साउन ।
पर्सा प्रहरीले गाँजासहित एक युवकलाई मोटरसाइकलबाट पक्राउ गरेको छ। ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिएको टोलीले पटेर्वा सुगौली गाउँपालिका–४ करबोलामा चेकजाँचका क्रममा लागुऔषध गाँजा बरामद गरेको हो।

पक्राउ पर्ने व्यक्ति पर्सागढी नगरपालिका–९ एकटंगा निवासी ३४ वर्षीय जगमोहन यादव रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक (डीएसपी) किशोर लम्सालले जानकारी दिए।

उनका अनुसार यादव भारततर्फ जाँदै गरेका थिए। उनी सवार बिआर ०५ एजी ६८०५ नम्बरको मोटरसाइकल रोकेर जाँच गर्दा सिटमुनी र शरीरमा बाँधिएको अवस्थामा ८ किलो ४४० ग्राम गाँजा फेला परेको हो।

यादवलाई लागुऔषध नियन्त्रण ऐन अन्तर्गत मुद्दा दर्ता गरी हिरासतमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button