राष्ट्रियवागमती प्रदेशसमाचार

अबदेखि सवारी लाइसेन्सको अवधि १० वर्ष

Ad 1
Ad 2
Ad 3
Ad 4

काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को बहाल अवधि बढाएको छ । अब यस्तो अवधिमा १० वर्ष पुर्याउने भएको हो ।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा गरिएको संशोधनले यस्तो व्यवस्था गरेको छ ।

अबदेखि लाइसेन्सको नवीकरण गर्दा पनि १० वर्षको अवधि कायम रहनेछ । योसँगै लामो समयसम्म लाइसेन्सको नवीकरणको झमेला घटाउने छ ।

राजपत्रमा प्रकाशित सूचना अनुसार सरकारले नेपाल ऐन संशोधन विधेयक सार्वजनिक गर्दै सवारी चालक अनुमतिपत्रको अवधि ५ वर्षबाट बढाएर १० वर्ष राख्ने निर्णय गरेको हो । यसले सवारी चालकहरूलाई लाइसेन्सको नवीकरण प्रक्रिया र समयसीमामा भएका कठिनाइहरूलाई समाधान गर्नमा मद्दत पुर्याउनेछ ।

यो नयाँ व्यवस्था सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा ५४ को उपदफा ३ अनुसार गरिएको उल्लेख छ । जसमा लाइसेन्सको बहाल अवधि सम्बन्धी व्यवस्था गरिएको छ ।

पहिले लाइसेन्सको अवधि ५ वर्ष मात्र थियो, जसको कारण सवारी चालकहरूले बारम्बार लाइसेन्स नवीकरण गर्नुपथ्र्यो । तर, अब १० वर्षको अवधिमा लाइसेन्सको वैधता रहनेछ, जसले सवारी चालकको झन्झटलाई कम गर्ने विश्वास गरिएको छ । अब सवारी चालकहरूले आफ्नो लाइसेन्सको नवीकरण गर्दा लामो समयसम्म वैधता पाउनेछन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button