मधेस प्रदेशसमाचार

अफताब आलमलाई सफाई दिने न्यायधिशलाई कालो मोसो दल्ने बहुमतका नेताहरुलाई अभिनन्दन

Ad 1
Ad 2
Ad 3
Ad 4

काठमाडौं,२८असारः
पूर्वमन्त्री अफताव आलमलाई उन्मुक्ति दिएको भन्दै उच्च अदालत अस्थायी इजलास वीरगन्जका न्यायाधीशहरुलाई कालो मोसो दल्ने नेकपा (बहुमत) का नेताहरूलाई पार्टीले सम्मान तथा अभिनन्दन गरेको छ ।

शनिबार काठमाडौंको संवाद डबलीमा पार्टीको ३ नम्बर ब्यूरो(बागमती प्रदेश)ले पत्रकार सम्मेलन गरी स्वागत तथा अभिनन्दन गरेको हो ।

पार्टीका स्थायी समिति सदस्य उदयबहादुर चलाउने ‘दीपक’ ले गरिब तथा निमुखा जनताको न्यायको लागि जोखिम उठाएर हिम्मत गरेका नेताहरूलाई बधाई तथा धन्यवाद दिए । चलाउनेले पछिल्लो समयमा राज्यका तीनवोटै अङ्गहरूमा भ्रष्टाचार चरमचुलीमा पुगेको बेला आफ्नो पार्टीले त्यस विरुद्ध नयाँ अभियान चलाएको पनि बताए ।

कालोमोसो दल्ने टोलीका सदस्य तथा पार्टीका केन्द्रीय सदस्य अभिनाश कुँवरले २४ दिने प्रहरी हिरासत र ४ दिने कारागार बसाइँले धेरै कुरा सिकाएको बताए । उनले भने,‘हाम्रो बन्द पर्खालको बसाई उत्साहप्रद रह्यो, जनताको लागि मोसो मात्रै हैन अपराधीहरूलाई त्यो भन्दा माथिको कारबाही गर्न तयार छौँ ।’

उक्त टोलीका अर्का सदस्य तथा पार्टी केन्द्रीय सदस्य पदम मगरले देशमा अन्याय र अत्याचारले सीमा नाघेको बताउँदै त्यस विरुद्ध निडर भएर अगाडी बढ्ने प्रतिबद्धता जाहेर गरे ।

गत जेठ २९ गते वीरगन्जस्थित उच्च अदालतको इजलासभित्रै अभिनाश कुँवर, पदम मगर र गर्भू महतोले न्यायाधीशद्वय खुसीराम थारु र अर्जुन महर्जनलाई कालो मोसो छ्यापेका थिए । साभारः रातोपाटी

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button