मधेस प्रदेशसमाचार

भाथाधाम मेलाको प्रचार प्रसारका लागि पत्रकारहरुको समिति गठन

Ad 1
Ad 2
Ad 3
Ad 4

वीरगञ्ज।
पर्सा राष्ट्रिय निकुञ्ज अन्तर्गत पर्ने पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नं ०१ मा हरेक वर्ष लाग्ने भाथाधाम मेलाको प्रचार प्रसारका लागि पत्रकारहरुको समिति गठन भएको छ । संचारकर्मी शम्भु महतो थारूको संयोजकत्वमा शनिबार समिति गठन भएको हो । श्री श्री १०८ श्री बाबा दुधेश्वरनाथ भाथा धाम मेला यहि असार २७ गते देखि लाग्ने भएकोले समितिले जिल्ला लगायत देश तथा बिदेशमा समेत प्रचार प्रसारका लागि काम गर्नेछ । संयोजक थारुको तेतृत्वमा गठन भएको कमिटिमा राजेन्द्र सिंह राजपुत, कृष्णा कुशवाहा, पनालाल साह, राजन सिंह,शैलेश गुप्ता,बलिराम यादव, पुनम चौधरी, एन्जल चौधरीलगायतका सदस्यहरू रहेका छन्। यहि मंगलबार कमिटि बिस्तार हुने सदस्य राजेन्द्र सिंह राजपुतले बताएका छन ।
विगतको वर्षमा भारतबाट आउने श्रद्धालुहरुलाई भएको विभिन्न समयलाई सहज पार्न समितिले अहिले देखि सक्रिय भएर काम सुरु गरेको बताईएको छ । समितिका सम्पूर्ण सदसयले आ आफ्नो तर्फबाट भाथाधाम मेलाको प्रचार प्रसार तिब्र रूपमा गर्ने सहमति भएको हो। यही असार २९ गते आईतबार भाथाधामको अवलोकन समेत गर्ने सर्व सहमति बाट निर्णय भएको समितिका संयोजक थारुले जानकारी गराएका छन ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button