मधेस प्रदेशराष्ट्रियशिक्षासमाचारसमाजस्थानीय

पर्साको ठोरी गाउँपालिका जिल्लाको पहिलो साक्षर पालिका घोषित

Ad 1
Ad 2
Ad 3
Ad 4

वीरगञ्ज ।
पर्सा जिल्लाको ठोरी गाउँपालिका जिल्लाको पहिलो साक्षर पालिका घोषित भएको छ। शनिबार ठोरी गाउँपालिका वडा नं. ३ स्थित शिकारीवासमा आयोजित विशेष कार्यक्रममा जिल्ला समन्वय समिति पर्साका प्रमुख निरञ्जन प्रसाद साह सोनारको प्रमुख आतिथ्यता तथा प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको विशिष्ट आतिथ्यतामा गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठले औपचारिक रूपमा ठोरी गाउँपालिकालाई साक्षर पालिका घोषणा गरेका हुन्।

नेपाल सरकारले निर्धारण गरेको १२ वटा सूचकहरू मध्ये ८ वटा सूचकहरू पूरा गरेको आधारमा ठोरीलाई साक्षर पालिका घोषणा गरिएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख भूपाल जोशीले जानकारी दिए।

उनका अनुसार, आसमान नेपालको सहयोगमा गाउँपालिकाले ५ वटै वडामा गरेको सर्वेक्षणअनुसार ३,८०९ घरधुरीमा १५ देखि ६० वर्ष उमेर समूहका १५,६७८ जनामध्ये १५,३२१ जना साक्षर भेटिएका छन्, जुन ९८.८६ प्रतिशत हो। नेपाल सरकारको मापदण्ड अनुसार १५ देखि ६० वर्ष उमेर समूहमा ९५ प्रतिशत व्यक्तिहरू साक्षर भएमा सम्बन्धित पालिकालाई साक्षर पालिका घोषणा गर्न सकिने प्रावधान छ।

यस घोषणासँगै ठोरी गाउँपालिका पर्सा जिल्लाका १४ पालिकामध्ये पहिलो र मधेस प्रदेशका १३६ पालिकामध्ये सातौँ साक्षर पालिका बन्न सफल भएको अध्यक्ष श्रेष्ठले बताए।

उक्त कार्यक्रममा गाउँपालिका उपाध्यक्ष गोकुली कुमारी रेग्मी, प्रमुख प्रशासकीय अधिकृत धर्मराज थापा, उद्योग विभागका महानिर्देशक सुशील साह, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाल, स्वास्थ्य कार्यालय पर्साका प्रमुख विनोद झा, नारायणी अस्पतालका मेसु डा. चुमनलाल दास, आसमान नेपालका धर्मेन्द्र चौरसिया लगायतको सक्रिय सहभागिता रहेको थियो।

साक्षरताको क्षेत्रमा ठोरीले हासिल गरेको यो उपलब्धि अन्य पालिकाहरूका लागि प्रेरणाको स्रोत बन्ने विश्वास गरिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button