मधेस प्रदेशसमाचारस्वास्थ्य

सशस्त्र प्रहरी परिवार महिला संघको २४औं वार्षिकोत्सवमा सरसफाइ र रक्तदान कार्यक्रम सम्पन्न

Ad 1
Ad 2
Ad 3
Ad 4

वीरगञ्ज,१६ असार ।
सशस्त्र प्रहरी परिवार महिला संघको २४औं वार्षिक उत्सवको अवसरमा पर्सा जिल्लामा विविध कार्यक्रमहरू सम्पन्न भएका छन्। मधेश प्रदेश सशस्त्र प्रहरी परिवार महिला संघको आयोजनामा तथा सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण मुख्यालय पर्साको संयोजनमा सरसफाइ र रक्तदान कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रमअन्तर्गत असार १५ गते वीरगञ्ज महानगरपालिका–१४ पिपरास्थित पशुपतिनाथ मन्दिर परिसरमा सरसफाइ अभियान सञ्चालन गरिएको थियो। सशस्त्र प्रहरीको टोलीले मन्दिर क्षेत्र सफा गर्दै स्वच्छ वातावरणको सन्देश प्रवाह गरेको थियो। सशस्त्र प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी देबेन्द्र बहादुर सिंहका अनुसार, असार १६ गते जिल्ला रेडक्रस सोसाइटी पर्साको सहकार्यमा सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गणको परिसरमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको हो।

रक्तदान कार्यक्रममा गणपति सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल, जिल्ला रेडक्रस सोसाइटी पर्साका अध्यक्ष बृजकिशोर पटेल लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा ४० जना सहभागीले रक्तदान गरेका थिए। हाल वीरगञ्जमा गर्मीका कारण बिरामीको संख्या बढ्दै गइरहेको र रगतको अभाव देखिएको अवस्थामा, यस कार्यक्रमले रक्तसंकट न्यून गर्न योगदान पुर्‍याउने विश्वास गरिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button