समाचार
गैंडाकोटमा दुई बस ठोक्कियो, १८ जना घाइते

नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को गैंडाकोट नगरपालिका–१२ हर्कपुरमा दुई बस आपसमा ठोक्किँदा १८ जना घाइते भएका छन् ।
शनिबार बिहान करिब ६ः५० बजे पूर्व–पश्चिम राजमार्गमा नारायणगढबाट बुटवलतर्फ जाँदै गरेको लु.२ ख ६४५७ नम्बरको बसलाई सोही दिशाबाट आउँदै गरेको लु.२ ख ६०३६ नम्बरको बसले पछाडिबाट ठक्कर दिएको थियो ।
दुर्घटनामा दुवै बसमा सवार १८ जना घाइते भएका छन् ।
घाइतेहरूलाई उपचारका लागि भरतपुर पठाइएको प्रहरीले जनाएको छ ।



