समाचारस्थानीय

सुशासन र पारदर्शीता नचाहने प्रमुख प्रशासकीय अधिकृत सन्देश यादवलाई बिभागीय कारवाहीको सिफारिश सहित आयोगले डाम्यो

वीरगन्ज । पारदर्शीताको पक्षमा नरहेका सुशासनको प्रत्याभूती गर्न नचाहने एक जना अधिकृतलाई राष्ट्रिय सूचना आयोगले डामेको छ । पर्साको जगन्नाथपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्देशकुमार यादवलाई १६ हजार जरिवाना गरेर आयोगले डामेको हो । नागरिकले मााग गरेको सूचना दिएर पारदर्शीता कायम गर्नु पर्नेमा त्यसो नगरि सूचना लुकाएर सुशासन बिरोधी काम गरेकाले आयोगले उनलाई कावाही गरको हो ।

सूचनाको हकसम्बन्धी ऐन, २०६४ अनुसार सूचना माग गर्दा पनि गाउँपालिकाले आवश्यक विवरण उपलब्ध नगराएपछि स्थानीयवासीले आयोगमा उजुरी दिएका थिए। उनीहरूले गाउँपालिकामा सञ्चालन भएका निर्माण योजना, नीति तथा कार्यक्रम, वार्षिक बजेट, खर्च विवरण तथा अन्य सार्वजनिक सरोकारका विषयमा सूचना माग गरेका थिए।

उजुरीमाथि छानबिन गर्दा आयोगले सार्वजनिक निकायका जिम्मेवार अधिकारीले नागरिकको सूचनाको हक सुनिश्चित गर्ने कानुनी दायित्व पूरा नगरेको ठहर गरेको हो। आयोगका अनुसार सूचना उपलब्ध गराउन पटक–पटक आदेश दिइए पनि प्रमुख प्रशासकीय अधिकृत यादवले त्यसको पालना नगरेपछि सूचनाको हकसम्बन्धी ऐनमा भएको व्यवस्थाअनुसार आर्थिक जरिवाना गरिएको हो।

जरिवानासँगै आयोगले प्रमुख प्रशासकीय अधिकृत यादवमाथि आवश्यक विभागीय कारबाहीका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गरेको छ।

त्यसैगरी, जगरनाथपुर गाउँपालिकालाई स्थानीयवासीले माग गरेका नीति, कार्यक्रम, बजेट, योजना तथा निर्माणसम्बन्धी सम्पूर्ण सार्वजनिक सूचना तत्काल उपलब्ध गराउन आयोगले निर्देशन दिएको छ। यादवले भने आयोगको आदेश बिरुद्ध पुनरावेदन जाने बताएका छन । 742345771 2029785380962968 5619362016014442812 N

Related Articles

Back to top button