समाचार

सर्वोच्चद्वारा महान्यायाधिवक्ता बेलायत आउजाउ गरेको अभिलेख माग

सर्वोच्च अदालतले महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेल बेलायत आउजाउ गरेको अभिलेख माग गरेको छ ।

महान्यायाधिवक्तामा कँडेलको नियुक्ति बदर माग गर्दै अधिवक्ता शिराज बराल, माधवकुमार बस्नेत र दीपकराज जोशीले दायर गरेको छुट्टाछुट्टै रिटमा सुनुवाइ गर्दै न्यायाधीश विनोद शर्मा र सुनिलकुमार पोखरेलको इजलासले अभिलेख झिकाउन आदेश गरेको हो ।

सरकारले २०८२ चैत २२ गते कँडेललाई महान्यायाधिवक्तामा नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो। उक्त निर्णयको फाइल पनि सर्वोच्चले माग गरेको छ।

कँडेलसँग बेलायतको स्थायी आवासीय अनुमतिपत्र (पीआर) रहेको आरोप निवेदकको छ।

Related Articles

Back to top button