मधेस प्रदेशसमाचारस्थानीय

बारा र रौतहटका खोलामा पानीको सतह बढ्ने सम्भावना

Ad 1
Ad 2
Ad 3
Ad 4

वीरगञ्ज,१ असार ।
देशका विभिन्न क्षेत्रहरूमा लगातार परिरहेको वर्षाका कारण प्रमुख नदी र खोलाहरूमा पानीको सतह तीव्र रूपमा बढ्न थालेको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार कोशी र कमला नदीको बहाव खतराको तह पार गरिसकेको छ भने अन्य केही खोलाहरूमा समेत सतर्कता अपनाउन आग्रह गरिएको छ।

धनकुटाको मछुवाघाटमअन्तर्गत कोशी नदी र सिन्धुलीको रानीचुरीअन्तर्गत कमला नदीमा पानीको सतह खतराको सीमाभन्दा माथि पुगेको जनाइएको छ। यस्तो अवस्थामा तटीय क्षेत्रका बासिन्दाहरूलाई उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। यस्तै, मकवानपुरको हेटौंडा र रजैया क्षेत्र, धनुषाको चिसापानी आसपास, र बारा–रौतहटको रजुवा तथा चन्द्रपुर क्षेत्रका खोलाहरूमा पनि पानीको सतह बढ्ने सम्भावना रहेकाले यी स्थानहरूमा सतर्क रहन भनिएको छ।

महाशाखाले आगामी दिनहरूमा देशका विभिन्न भागहरूमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेकाले पहाडी खोल्साहरूमा आकस्मिक बाढी आउन सक्ने चेतावनी समेत दिएको छ। नदी तथा खोलानजिक बसोबास गर्नेहरू, सवारी साधन चालकहरू, र स्थानीय प्रशासनलाई उच्च सतर्कता अपनाउन अपिल गरिएको छ। महाशाखाले सम्भावित जोखिम क्षेत्रका लागि आवश्यक सतर्कता तथा पूर्वतयारी गर्न स्थानीय तह र नागरिकलाई सचेत गराउँदै आएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button