Bankसमाचार

मुक्तिनाथ विकास बैंकको ‘फाइदा एप’ बाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु

Ad 1
Ad 2
Ad 3
Ad 4

काठमाडौं, १२ जेठ । मुक्तिनाथ विकास बैंकले आफ्नो मोबाइल बैंकिङ सेवा ‘मुक्तिनाथ फाइदा एप’ मा नयाँ ‘सेल्फ–रिन्यु’ लगाएतको अन्य सुविधा थप गरेको छ ।

यस सुविधासँगै ग्राहकहरूले मोबाइल बैंकिङ सेवा नवीकरण गर्न शाखा धाउनु पर्ने बाध्यता हटेको बैंकले जनाएको छ ।

अब ग्राहकहरूले घरमै बसेर वा आफ्नो सहजता अनुसारयस बैंकको मोबाइल बैंकिङ्ग एप नवीकरण गर्न सक्ने भएका हुन् । त्यसको लागि एपमा लगइन गरी ‘एक्सपाएरी पप अफ’ (Expiry Pop-up) देखिएपछि ‘रिन्यू नाउ’ (Renew Now) मा क्लिक गर्नुपर्ने हुन्छ ।

त्यसपछि नवीकरण शुल्क सम्बन्धी जानकारी तथा व्यवस्थापनपछि ‘कन्टिन्यू'(Continue) थिचेर आफ्नो ‘ट्रान्जेक्सन पिन’ (Transaction Pin) प्रविष्ट गरेपछि सेवा तुरुन्त सक्रिय हुने व्यवस्था रहेको छ ।

यस सेवाको साथमा बैंकले फाइदा एपबाट बैंक नगई ग्राहकले आफ्नो एनआईडी (NID), प्यान (PAN) तथा ईमेल पनि अपडेट गर्न सक्ने व्यवस्था मिलाएको छ ।

बैंकले डिजिटल बैंकिङ सेवालाई थप प्रभावकारी र ग्राहकमैत्री बनाउन यो सुविधा ल्याइएको बैंकले जनाएको हो ।

मुक्तिनाथ फाइदा एपमार्फत ग्राहकहरूले विभिन्न बैंकिङ सेवा सहज रूपमा प्रयोग गर्न सक्नेछन् ।

Related Articles

Back to top button