समाचार
इरानमाथि फेरि आक्रमण गर्दै अमेरिका, मध्यपूर्वमा ५० हजार बढी सेना र युद्धपोत तैनाथ

अमेरिकाले अर्को हप्ता इरानमा अर्को सैन्य हमलाको तयारी गरिरहेको दाबी गरिएको छ । न्यु योर्क टाइम्सका अनुसार अमेरिकी रक्षा विभागले आक्रमणको लागि धेरै विकल्पहरू तयार पारेको छ, र अन्तिम निर्णय अब राष्ट्रपति डोनाल्ड ट्रम्पमा निर्भर छ ।
रिपोर्टका अनुसार अमेरिकाले मध्यपूर्वमा ५० हजारभन्दा बढी सेना तैनाथ गरेको छ । दुई एयरक्राफ्ट विमान, एक दर्जनभन्दा बढी नौसेना विनाशक र ठूलो संख्यामा लडाकु विमानहरू पनि त्यस क्षेत्रमा रहेको छ ।
अमेरिकी रक्षा सचिव पिट हेगसेथले आवश्यक परेमा सैन्य कारबाही बढाउने योजना रहेको बताए ।
अमेरिकी अधिकारीहरूका अनुसार आक्रमणका विकल्पहरूमा इरानी सैन्य र पूर्वाधार लक्ष्यहरू विरुद्ध ठूला हवाई हमलाहरू हुनसक्छ ।



