समाचार

वीरगन्ज मा “हेल्भेटास नेपाल को डिजिटल बिजनेस सर्भिसेस सम्बन्धी SME सशक्तिकरण” कार्यक्रम सम्पन्न

वीरगञ्ज, ३१ वैशाख । मधेश प्रदेशका साना तथा मझौला उद्यम (SMEs) लाई डिजिटल माध्यममार्फत व्यवसाय प्रवर्द्धन तथा बजार पहुँच विस्तार गर्ने उद्देश्यले हेल्भेटास नेपालले “SME Empowerment on Digital Business Services – Madhesh Province ” कार्यक्रम अन्तर्गत पहिलो सत्र सफलतापूर्वक सम्पन्न भएको छ।

होटल हिमाल, वीरगञ्जमा आयोजित उक्त कार्यक्रमको मुख्य विषय “Brand’s Digital Presence Orientation” रहेको थियो। कार्यक्रममा सहभागी उद्यमीहरूलाई व्यवसायको डिजिटल उपस्थिति, सामाजिक सञ्जालको प्रभावकारी प्रयोग, डिजिटल ब्रान्डिङ तथा अनलाइन बजार विस्तार सम्बन्धी जानकारी हेल्भेटास नेपाल को IN Elam प्रोजेक्ट को टिम लिडर सन्दीप पौडेल ले गरिएको थियो।

कार्यक्रममा मधेश प्रदेशका विभिन्न क्षेत्रसँग सम्बन्धित २० वटा कम्पनी को सहभागिता रहेको थियो भने कुल ३० जना सहभागीहरू उपस्थित रहेका थिए। कार्यक्रममा स्थानीय उद्यमी, स्टार्टअप प्रतिनिधि तथा व्यवसायीहरूको उल्लेखनीय सहभागिता रहेको आयोजकले जनाएको छ।

उक्त कार्यक्रमको डिजिटल पार्टनर का रूपमा Octa Tribe Pvt. Ltd., इभेन्ट पार्टनर का रूपमा Next Gen Events Pvt. Ltd. तथा सपोर्टिङ पार्टनर का रूपमा Helvetas Nepal रहेको थियो।

कार्यक्रममा बोल्दै आयोजकहरूले वर्तमान प्रतिस्पर्धात्मक बजारमा SMEs हरूका लागि डिजिटल प्लेटफर्मको प्रयोग अत्यन्त आवश्यक भइसकेको बताएका थिए। डिजिटल माध्यममार्फत स्थानीय उत्पादन तथा सेवाहरूलाई राष्ट्रिय स्तरसम्म विस्तार गर्न सकिने तथा व्यवसायको दीर्घकालीन वृद्धि सम्भव हुने विषयमा छलफल गरिएको थियो।

आयोजकका अनुसार, यो पहलमार्फत मधेश प्रदेशका SMEs हरूलाई डिजिटल रूपान्तरणतर्फ उन्मुख गराउँदै व्यवसायिक क्षमता अभिवृद्धि तथा बजार पहुँच विस्तारमा सहयोग पुर्‍याइनेछ। आगामी दिनहरूमा पनि यस्ता विभिन्न कार्यक्रम, डिजिटल सपोर्ट गतिविधि तथा उद्यम विकास सम्बन्धी पहलहरू सञ्चालन गरिने जनाइएको छ।

Related Articles

Check Also
Close
Back to top button