समाचार
एकैदिन तोलाको ५ हजार ८ सयले महंगियो सुन

नेपाली बजारमा आज सुनको मूल्यमा उच्च वृद्धि भएको छ ।
आज एकैदिन सुन तोलामा ५ हजार ८ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९६ हजार ८०० रुपैयाँ कारोबार भइरहेको छ । हिजो सुन प्रतितोला २ लाख ९१ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि उच्च वृद्धि भएको छ । आज चाँदी तोलामा १७५ रुपैयाँले बढेर प्रतितोला ५ हजार ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
हिजो चाँदी प्रतितोला ४ हजार ८८० रुपैयाँमा कारोबार भएको थियो ।



