
सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष पुन: पठाउने निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश स्वीकृतिका लागि पुनः राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले अध्यादेशमा पुनर्विचार आवश्यक रहेको भन्दै फिर्ता गरेका थिए ।



