समाचार
अमेरिकी नौसेनाद्वारा इरानी जहाज नियन्त्रणमा

अमेरिकी सेन्ट्रल कमाण्ड (CENTCOM) ले आफ्नो युद्धपोत ‘यूएसएस राफेल पेराल्टा’ मार्फत इरानी झण्डा बोकेको एक जहाजलाई इरानी बन्दरगाह तर्फ जानबाट रोकेको छ। मिसाइल डेस्ट्रोयरले उक्त जहाजलाई बिच अवरोध गरेको जानकारी कमाण्डले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत दिएको हो। यस सैन्य कारबाहीको पुष्टि गर्दै कमाण्डले घटनाको तस्बिर समेत सार्वजनिक गरेको छ ।



