समाचार

धुलो र धुवाँले रुमलिएको काठमाडौं (तस्वीरहरु)

तस्वीरहरु

काठमाडौं उपत्यका आजभोलि दुई परस्पर विरोधी दृश्य बोकेको शहर बनेको छ । एकातिर तीव्र र अनियन्त्रित शहरीकरण, सवारी साधनको बढ्दो चाप र सडक विस्तारका कारण उत्पन्न धुलो र धुवाँले जनजीवन कष्टकर बनाएको छ । यही कङ्क्रिटको जङ्गल र कोलाहलका बीच शहरका केही कुनामा रहेका पार्क र हरियाली क्षेत्रहरूले भने काठमाडौंबासीलाई ठूलो राहत दिएको छ ।

धुलो र धुवाँबाट केही समय भए पनि मुक्ति पाउन र मानसिक शान्ति खोज्न मानिसहरू यस्ता सीमित हरियाली क्षेत्रमा पुग्ने गर्दछन् । थोरै संख्यामा भए पनि उपलब्ध रुख र हरीयाली पार्कहरूले शहरको सौन्दर्य मात्र जोगाएका छैनन् । बरु व्यस्त जीवनशैलीबाट थकित मानिसहरूका लागि रिचार्ज हुने थलो समेत बनेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button