राजनीतिसमाचार

नेकपा स्थापना दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आज पार्टी स्थापना दिवसको कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

पार्टी केन्द्रीय कार्यलय सचिव डा. भीष्म अधिकारीका अनुसार दिउँसो दुई बजे च्यासलमा आयोजना गरिने ७७ औं स्थपना दिवसको कार्यक्रमलाई अध्यक्ष ओलीले सम्बोधन गर्नेछन् । ओलीको सम्बोधनमा समसामयिक राजनीति र एमालेको आगामी कार्यदिशा लगायतका विषयहरु समेटिने एक नेताले बताए ।

अध्यक्ष ओलीलाई चैत १४ गते सरकारले गिरफ्तार गरेर चैत २६ गते रिहा गरेको थियो । अध्यक्ष ओली आफ्नो पित्तथैलीमा पत्थरीको शल्यक्रिया गरेर वैशाख ५ गते घर फर्केका हुन् । स्वास्थ्य लाभ गरिरहेका ओलीले पार्टी स्थापना दिवसका दिन नेता कार्यकर्तालाई सम्बोधन गर्न लागेका हुन् ।

कार्यक्रममा सहभागी हुन काठमाडौं उपत्यकामा रहेका पार्टी केन्द्र, जनसंगठनका पदाधिकारी तथा केन्द्रीय सदस्य र शुभेच्छकहरुलाई आग्रह गरिएको छ ।

नेपालमा पुष्पलाल श्रेष्ठको नेतृत्वमा २००६ साल वैशाख ९ गते नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरिएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button