इरानलाई ट्रम्पको चेतावनी– बुधबारसम्म कुनै सम्झौता नभए युद्धविराम समाप्त हुनेछ

7

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चेतावनी दिँदै बुधबारसम्ममा कुनै सम्झौता नभए हालको युद्धविराम समाप्त हुने बताएका छन् ।

शनिबार एयर फोर्स वानमा पत्रकारहरूको प्रश्नको जवाफ दिँदै उनले इरानले सम्झौता नगरे नाकाबन्दी जारी रहने र आवश्यक परेमा बमबारी पुनः सुरु गर्ने पनि बताए । साथै, उनले इरानको युरेनियम जसरी पनि हासिल गर्ने बताए ।

राष्ट्रपति ट्रम्पले इरानसँग भएको कुनै पनि समृद्ध युरेनियम अमेरिकाले प्राप्त गर्ने दाबी गरे । ट्रम्पको यो बयान यस्तो समयमा आएको छ जब दुई देशबीचको वार्ता अगाडि बढ्नुको सट्टा रोकिँदै गएको देखिएको छ । पाकिस्तानमा हालै भएको वार्ताले पनि ठोस परिणाम दिन सकेको छैन् ।

Leave a comment