मधेस प्रदेशसमाचार

बारामा प्रतिबन्धित लागुऔषधसहित चार जना पक्राउ

Ad 1
Ad 2
Ad 3
Ad 4

बारा,२३ जेठ
जिल्ला प्रहरी कार्यालय, बारा र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय, वीरगञ्ज, पर्साबाट खटिएको संयुक्त प्रहरी टोलीले प्रतिबन्धित लागुऔषध नाइट्रोभेटसहित चार जनालाई नियन्त्रणमा लिएको छ।

आज दिउँसो करिब ४ बजे कलैया उपमहानगरपालिका वडा नं ०६, हनुमान चोकस्थितमा लागुऔषधको लेनदेन गरिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ।  प्रहरीले उनीहरूको साथबाट नाइट्रोभेट(१० लेखिएको ३५ पत्ता (कुल १०३५ ट्याबलेट) बरामद गरेको छ।

पक्राउ पर्नेहरूमा कलैया उपमहानगरपालिका वडा नं ०४ बस्ने २६ वर्षीय मुकेश साह कलवार, वडा नं. ०९, रामपुर बस्ने २० वर्षीय सुमन चौहान, सोही ठाउँका २४ वर्षीय प्रदिप कुमार साह र वडा नं। २७ बस्ने १९ वर्षीय धिरेन्द्र कुशवाहा रहेका छन्। पक्राउ परेका चारै जनामाथि आवश्यक कानूनी कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button