खेलकुदमधेस प्रदेशसमाचार

नारायणी रंगशालालाई अन्तर्राष्ट्रिय स्तरकाे रंगशालाका रुपमा विकास गर्ने मधेस सरकारकाे घाेषणा

Ad 1
Ad 2
Ad 3
Ad 4

वीरगन्ज,२३ जेठ:
मधेस प्रदेश सरकारले वीरगन्जको नारायणी रंगशालालाई अन्तर्राष्ट्रिय रंगशालाका रुपमा विकास गर्ने घाेषणा गरेकाे छ। शुक्रबार मधेस प्रदेश सरकारले नयाँ आर्थिक वर्ष २०८२/०८३ का लागि सार्वजनिक गरेकाे नीति तथा कार्यक्रममा वीरगन्जको नारायणी रंगशाला र जनकपुरकाे रामजानकी बहुउद्देश्यीय रंगशालालाई अन्तर्राष्ट्रिय स्तरकाे रंगशालाका रुपमा विकास गरिने घाेषणा गरेकाे हाे।

मधेस प्रदेशसभामा शुक्रबार प्रदेश प्रमुख सुमित्रा भण्डारीले सार्वजनिक गरेकाे नीति तथा कार्यक्रमकाे बुदाँ नम्बर ८.१९ मा भनिएकाे छ-खेल क्षेत्र लाई व्यवस्थित र गतीशील बनाउन रामजानकी बहुउद्देश्यीय रंगशाला र नारायणी रंगशाला लगायतका रंगशालालाई अन्तर्राष्ट्रिय स्तरकाे रंगशालाकाे रुपमा विकास गरेर खेलग्राम संरचनाहरुकाे निर्माणलाई प्राथमिकतामा राखी सार्वजनिक तथा निजी साझेदारीमा सञ्चालनमा ल्याइनेछ।

यसअघि जेठ १५ गते संघीय सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ काे नीति तथा कार्यक्रममा पनि नारायणी रंगशालाकाे जीर्णाेद्वार र मर्मतसम्भारका लागि ४ कराेड रुपैयाँ बजेट विनियोजन गरिसकेको छ। यो समाचार मधेश खबरबाट साभार गरिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button