गण्डकीमा चार जना नयाँ मन्त्री नियुक्त हुँदैछन् । काँग्रेसबाट चारजना मन्त्री नियुक्त हुने लागेका हुन् ।
मन्त्री हुने सूचीमा गोर्खाका सभापति नन्दुप्रसाद न्यौपाने र बागलुङका सभापति जीत शेरचन रहेका छन्। यसैगरी, नम्डु गुरुङ र रेखा गुरुङ पनि मन्त्री बन्ने भएका हुन् ।
नम्डु मुस्ताङको प्रदेश सभा क्षेत्र नम्बर १ बाट विजयी सांसद हुन् भने रेखा पर्वतकी हुन्। उनलाई कांग्रेसले समानपातिक सांसद बनाएको हो। शेरचनले आर्थिक मामिला मन्त्रालय, नन्दप्रसादले उर्जा, जलस्रोत तथा खानेपानी, नम्डुले युवा तथा खेलकुद र रेखाले वन तथा वातावरण मन्त्रालय सम्हाल्ने तय भएको छ ।
