समाचार

युद्धका कारण ६० वर्षमा पहिलोपटक ईदमा अल–अक्सा मस्जिद बन्द, खुला मैदानमा नमाज पढ्न रोक

Ad 1
Ad 2
Ad 3
Ad 4

काठमाडौं । मध्यपूर्वमा विगत २२ दिनदेखि अमेरिका, इजरायल र इरानबीच युद्ध चलिरहेको युद्धको कारण ६० वर्षमा पहिलोपटक इजरायलको जेरुसेलममा रहेको अल–अक्सा मस्जिद ईदको नमाजका लागि बन्द गरिएको छ ।

१९६७ को अरब–इजरायली युद्धपछि पहिलोपटक अल–अक्सा पूर्ण रूपमा बन्द गरिएको हो । यो मक्का र मदीनापछि मुस्लिमहरूका लागि तेस्रो सबैभन्दा पवित्र स्थल हो ।

इरानमा शुक्रबार ईद मनाइएको थियो भने कतार, युएई र कुवेत जस्ता खाडी देशहरूले आज ईद मनाइरहेका छन् । युद्धका कारण यी देशहरूमा खुला मैदानमा नमाज पढ्न रोक लगाइएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button