राजनीतिसमाचार

सिसियाडी, बैरिया र पिपरामा रिमा यादवको घरदैलो सम्पन्न, मतदाताकाे उत्साहले विपक्षी पस्त

पर्सा,१५ फागुन । नेकपा एमाले पर्सा २ कि उम्मेदवार रिमा यादव ले बहुदरमाई नगरपालिका अन्तर्गत सिसियाडी, बैरिया र पिपरा टोलमा घरदैलो कार्यक्रम सम्पन्न गर्दै सूर्य चिन्हमा मतदान गर्न आग्रह गर्नुभएको छ।IMG 20260227 WA0138
घरदैलोका क्रममा उहाँले स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै शिक्षा, स्वास्थ्य, रोजगारी तथा सडक–पूर्वाधार सुधारलाई आफ्नो मुख्य प्राथमिकता रहेको बताउनुभयो। “राजनीति सत्ता होइन, सेवा हो। जनताको समस्या बुझेर समाधान गर्ने प्रतिबद्धतासहित म चुनावी मैदानमा उत्रिएकी छु,” उहाँले भन्नुभयो।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का क्षेत्रीय तथा जिल्ला तहका नेताहरू, युवा–महिला संघका प्रतिनिधि, स्थानीय बुद्धिजीवी तथा कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको थियो। वक्ताहरूले पर्सा–२ मा एमालेप्रति जनसमर्थन बढ्दो रहेको दाबी गर्दै रिमा यादवको जित सुनिश्चित गर्न एकजुट भएर लाग्ने प्रतिबद्धता जनाए। IMG 20260227 WA0132

घरदैलो अभियानमा टोलीले घरघर पुगेर मतदाताका गुनासा, सुझाव र अपेक्षा सुन्दै विकास निर्माणलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेको थियो। स्थानीय बासिन्दाले पनि विकासमुखी एजेन्डा ल्याए समर्थन गर्ने प्रतिक्रिया दिएका थिए।

एमाले पर्सा–२ का अनुसार घरदैलो कार्यक्रम आगामी दिनमा अन्य वडा तथा टोलहरूमा पनि निरन्तर सञ्चालन गरिनेछ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button