राजनीतिसमाचार

पर्सा क्षेत्र नं २ अन्तर्गत वीरगञ्ज महानगरपालिका–९ र १० मा एमाले उम्मेदवार रीमा यादवको घरदैलो सम्पन्न,मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै जनताको समस्या, सुझाव र अपेक्षा सुन्दै विकासका ठोस प्रतिबद्धता

Ad 1
Ad 2
Ad 3
Ad 4

वीरगन्ज,१२ फागुन । पर्सा निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत वीरगञ्ज महानगरपालिका–९ र १० मा उम्मेदवार रीमा यादवको घरदैलो कार्यक्रम सम्पन्न भएको छ । घरदैलो कार्यक्रममा उम्मेदवार यादवले स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै जनताको समस्या, सुझाव र अपेक्षा सुन्दै विकासका ठोस प्रतिबद्धता व्यक्त गरिन्।

 

आगामी फागुन २१ गते हुने निर्वाचनमा सूर्य चिन्हमा मतदान गरी आफूलाई विजयी गराउन उनले मतदातासँग आग्रह गरिन्। कार्यक्रमका क्रममा स्थानीयले सडक स्तरोन्नति, ढल निकास, खानेपानी, स्वास्थ्य सेवा, विद्यालयको गुणस्तर, रोजगारीका अवसर तथा युवाका लागि खेलकुद पूर्वाधार निर्माण जस्ता आधारभूत आवश्यकतामा ध्यानाकर्षण गराए। उम्मेदवार यादवले ती मागहरूलाई प्राथमिकताका साथ सम्बोधन गर्ने प्रतिबद्धता जनाउँदै भनिन्,“जनताको घरदैलोमै पुगेर समस्या बुझ्नु नै हाम्रो पहिलो कर्तव्य हो। तपाईंहरूको विश्वासले जितेपछि विकासलाई व्यवहारमै उतार्नेछौं।”

 

कार्यक्रममा स्थानीय बासिन्दाले उम्मेदवार यादव र टोलीलाई फूलमाला तथा खादा लगाएर स्वागत गरेका थिए। धेरै स्थानमा महिलाहरू र युवाहरूको उत्साहजनक सहभागिता देखिएको थियो।

 

घरदैलो कार्यक्रममा प्रभु हजरा, विजय सरावगी, बिचारी यादव, मनोज कुशवाहा, अजय गुप्ता, अंगद गुप्ता लगायत नेता–कार्यकर्ता तथा समर्थकहरूको उल्लेख्य सहभागिता रहेको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button