राजनीतिसमाचार

पर्सा क्षेत्र नं २ को बहुदरमाई–३ नगरदाहामा रिमा यादवको घरदैलो सम्पन्न, सडक, स्वास्थ्य, शिक्षा र कृषि क्षेत्रको विकासलाई प्राथमिकतामा राख्दै युवालाई रोजगारीको अवसर सिर्जना गर्ने प्रतिबद्धता

Ad 1
Ad 2
Ad 3
Ad 4

पर्सा,६ फागुन । पर्सा क्षेत्र नम्बर–२ की उम्मेदवार रिमा यादवले बहुदरमाई नगरपालिका–३ नगरदाहामा बुधबार घरदैलो कार्यक्रम सम्पन्न गर्दै मतदातासँग प्रत्यक्ष भेटघाट गरेकी छन्। स्थानीय टोल–बस्तीमा पुगेकी यादवले विकास, सुशासन र रोजगारी सिर्जनालाई प्राथमिकतामा राखेर आफू चुनावी मैदानमा उत्रिएको बताउँदै परिवर्तनका लागि सूर्य छापमा मतदान गर्न आग्रह गरिन्।

घरदैलो कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य विजय सरावगी, समानुपातिक उम्मेदवार विजय सरावगी, बहुदरमाई नगरप्रमुख सिंहासन साह, नेता शिव पटेल, पुरन कुर्मी, वडा अध्यक्ष सुरेन्द्र यादव लगायत सयौँ नेता–कार्यकर्ताको उपस्थिति रहेको थियो। टोलीले नगरदाहाका विभिन्न टोलमा पुगेर मतदातासँग छलफल गर्दै जनताका समस्या, सुझाव र अपेक्षाहरू सुनेको थियो।

उम्मेदवार यादवले पर्सा–२ मा सडक, स्वास्थ्य, शिक्षा र कृषि क्षेत्रको विकासलाई प्राथमिकतामा राख्दै युवालाई रोजगारीको अवसर सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य सरावगीले रिमा यादव सक्षम, इमानदार र जनतासँग नजिकको उम्मेदवार भएकाले उनलाई विजयी गराउन आग्रह गरे।

स्थानीय बासिन्दाले खानेपानी, सडक मर्मत, स्वास्थ्य सेवा विस्तार, बेरोजगारी समस्या समाधानजस्ता विषयमा उम्मेदवारसमक्ष माग राखेका थिए। यादवले ती मागहरूलाई प्राथमिकताका साथ सम्बोधन गर्ने आश्वासन दिँदै आगामी दिनमा पनि घरदैलो कार्यक्रमलाई निरन्तरता दिने बताइन्।

पर्सा क्षेत्र नम्बर–२ मा चुनावी माहोल तातिँदै जाँदा उम्मेदवार यादवको घरदैलो अभियानले मतदाताबीच उत्साह थपिएको स्थानीय नेताहरूले बताएका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button