राजनीतिसमाचार

पटेर्वा सुगौलीमा एमालेको शक्ति प्रदर्शन, रूपेश पाण्डेको समर्थनमा ओर्लियो जनसागर

वीरगन्ज,२४ माघ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर–३ मा नेकपा एमालेले परिवर्तनको स्पष्ट सन्देश दिएको छ। पटेर्वा सुगौली गाउँपालिकामा आयोजित नेकपा एमालेको कार्यकर्ता भेटघाट तथा भेलालाई सम्बोधन गर्दै पार्टीका केन्द्रीय कमिटी उपमहासचिव तथा पूर्व मन्त्री, लोकप्रिय युवा नेता योगेश भट्टराईले यस पटक पर्सा–३ मा परिवर्तन अवश्यंभावी भएको दाबी गरेका छन।

कार्यक्रमलाई सम्बोधन गर्दै उपमहासचिव भट्टराईले नेकपा एमाले कुनै विदेशी शक्तिको पार्टी नभई नेपाली जनताको आफ्नै पार्टी भएको स्पष्ट पारे। उनले भने, “नेकपा एमाले जेनजी पुस्ताको विरोधी होइन, हामी सड्यन्त्रकारी र घुसपैठियाको विरोधी हौं। जेनजी पुस्ताको माग जायज छ र ती मागहरू पूरा गर्ने क्षमता र इच्छाशक्ति नेकपा एमालेसँग मात्र छ।

उनले हिमाल, पहाड र तराईलाई सुदृढ र सन्तुलित रूपमा विकास गर्नु, हरेक जातजाति तथा धर्मको समान अधिकार सुनिश्चित गर्नु, र युवाहरूको भविष्य सुरक्षित गर्दै रोजगारीको अवसर सिर्जना गर्नु नेकपा एमालेको प्रमुख उद्देश्य रहेको बताए।

नेकपा एमाले पटेर्वा सुगौली गाउँपालिका कमिटी अध्यक्ष पुरण यादवको अध्यक्षता तथा केन्द्रीय कमिटी उपमहासचिव योगेश भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेकपा एमालेका केन्द्रीय कमिटी सदस्य तथा पर्सा जिल्ला इन्चार्ज प्रभु हजरा, केन्द्रीय सदस्य विजय सरावगी, केन्द्रीय सल्लाहकार परिषद सदस्य अरबिन्द सिंह, मधेस प्रदेश कमिटी उपाध्यक्ष बिचारी यादव, प्रदेश कमिटी सदस्यहरू, पर्सा जिल्ला अध्यक्ष विश्वम्भर शर्मा, सचिव महेश दाश, एमाले नेता शिव पटेल, प्रमोद जयसवाल, महिला नेत्री मन्तुरा चौधरी, फुलमति चौधरीलगायत स्थानीय नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button